झापामा बिजुलीको बिल नबुझाउने ग्राहकको लाइन काटियो-Sutra News

झापामा बिजुलीको बिल नबुझाउने ग्राहकको लाइन काटियो

शनिबार, १२ साउन २०८१

शनिबार, १२ साउन २०८१

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको अनारमनी वितरण केन्द्रले गत आर्थिक वर्ष २०८०-८१ मा महसुल नबुझाउने एक हजार एक सय ७० ग्राहकको लाइन काटेको छ ।



केन्द्रका प्रमुख सञ्जीवकुमार साहले वर्षभरिमा लाइन काटिएकामध्ये एक हजार एक सय ३६ ग्राहकले बक्यौता महसुल र जरिवाना तिरेपछि पुनःविद्युत् जडान गरिएको बताए । उनका अनुसार योसँगै ३४ जना ग्राहकले मात्र बक्यौता तिर्न बाँकी छ ।

“विद्युत् काटिएका ग्राहकले प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता महसुल र जरिवाना छ करोड ७० लाख २८ हजार चार सय १२ थियो । एक हजार एक सय ३६ ग्राहकबाट तीन करोड ९० लाख ९७ हजार पाँच सय ६७ असुली भएको छ”, प्रमुख साहले भने ।

उनका अनुसार बक्यौता बुझाउन बाँकी ३४ ग्राहकसँग प्राधिकरणले दुई करोड ७९ लाख ३० हजार आठ सय ४५ असुली गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट