प्रधानमन्त्री ओलीले सुनाए भूतलाई पिटेको कथा-Sutra News

प्रधानमन्त्री ओलीले सुनाए भूतलाई पिटेको कथा

शनिबार, १२ साउन २०८१

शनिबार, १२ साउन २०८१
फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूतसँग जम्काभेट भएको स्मरण सुनाएका छन् ।



नेकपा एमालेका मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रमलाई बोल्दै उनले भूत प्रेतसँग मान्छे मात्रै डराउने भन्दै भूतसँगको भेटबारे स्मरण गरेका हुन् ।

‘एकपल्ट मैले पनि भूत भेटेको थिएँ, खेतको छेउमा, म छक्क परेँ, मेरो घरभन्दा ५ मिनटजतिको पर होला, सधैं बेलुका म त्यो बाटो हिँड्थे, सधैं त्यही बाटो हिँडिरहेको बेलामा एकदिन मेरो अगाडि सेतो कपडा लगाएर भूत खडा भयो, म भन्दा निक्कै अग्लो, बाट्टैमा आएर छेकेरै उभियो, अचम्म लाग्यो यो भूत कसरी आयो ? मान्छे त यति अग्लो हुँदैन, त्यसबेलामा हामीहरु बाँसको डन्डी टेकेर हिँड्थ्यौं त्यसबेला,’ उनले भने ।

उनले थपे, ‘विभिन्न कुरा आइपर्नसक्छ राति भनेर, मैले बाटो छोड भनेर भूतले त टेरपुछार लाएन, यसो गर्दै मतिर पो ढल्किन खोज्छ, अनि मैले त्यही बाँसको डन्डाले बेसरी कसेर भूतलाई हानेको, भरे त त्यो काँसको झुप्पो रहेछ ।’

उनले भूतले केही जनातावलाई खान नसक्ने बताउँदै मान्छेले भूत बनाएर डराउने गरेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट