जसपा नेपालको केन्द्रीय समितिको बैठक बस्दै-Sutra News

जसपा नेपालको केन्द्रीय समितिको बैठक बस्दै

शनिबार, १२ साउन २०८१

शनिबार, १२ साउन २०८१

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बस्दै छ ।



जसपा नेपालका केन्द्रीय सदस्य पूर्ण बस्नेतका अनुसार बैठक साउन २७, २८, २९ र ३० गते ललितपुरको सानोगाउँस्थित थसी ब्याङ्क्वेटमा बस्ने भएको हो ।

बैठकमा पार्टी एकताको राष्ट्रिय महाधिवेशनले तय गरेका पार्टीको वैचारिक, सैद्धान्तिक अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिमा पार्टीले खेल्नु पर्ने भूमिका, वर्तमान भू–राजनीतिक अवस्था र नेपालको परराष्ट्र नीति तथा सम्बन्धलगायतका विषयमा अभिमुखिकरणका साथै पार्टीको आगामी वैचारिक, राजनीतिक, सङ्गठनात्मक कार्य योजना तथा कार्यक्रमलगायतका विषयमा छलफल गरी आवश्यक निर्णय लिइने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट