सबै कम्युनिष्ट पार्टी एक हुन वामदेव गौतमको आग्रह-Sutra News

सबै कम्युनिष्ट पार्टी एक हुन वामदेव गौतमको आग्रह

शनिबार, १२ साउन २०८१

शनिबार, १२ साउन २०८१

काठमाडौं । नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले नेपालमा सबै कम्युनिष्ट पार्टी एक हुनु पर्ने बताएका छन् ।



पुष्पलाल स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गौतमले सबै कम्युनिष्ट दलहरु गम्भीर भएर एकताबद्ध हुनु पर्ने बताएका हुन् ।

शक्तिशाली कम्युनिष्ट पार्टी चाहिए कुनै एक पार्टीले पहल लिनु पर्ने र बलियो कम्युनिष्ट पार्टीबाट मात्रै समाजवाद सम्भव भएको उनको भनाइ छ । उनले मञ्चमा रहेका अन्य कम्युनिष्ट नेताहरुलाई एउटै पार्टी बनाउनका लागि आफ्नो प्रस्तावलाई समर्थन गर्न आग्रह गरे ।

उनले यसअघि आफ्नो पहलमा कम्युनिष्ट एकता भए पनि दिगो हुन नसकेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट