भुटानी शरणार्थी र गिरीबन्धुका फाइलमा अनुसन्धान हुनु पर्छ- विश्वप्रकाश शर्मा-Sutra News

भुटानी शरणार्थी र गिरीबन्धुका फाइलमा अनुसन्धान हुनु पर्छ- विश्वप्रकाश शर्मा

शनिबार, १२ साउन २०८१

शनिबार, १२ साउन २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भुटानी शरणार्थी र गिरीबन्धु टी स्टेटका फाइल कानूनअनुसार खुल्नु पर्ने बताएका छन् ।



मानवअधिकार तथा शान्ति समाज जिल्ला शाखा काठमाडौंले शनिबार जोरपाटीमा आयोजना गरेको २७ औँ साधारणसभामा बोल्दै उनले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सात बुँदे समझदारी अनियमिताको अन्त्यका निम्ति भएको बताए ।

इमान्दारीपूर्वक उक्त सम्झौता कार्यान्वयन गरेर जनतामा सुशासनको अनुभूति गराउनु पर्ने उनको भनाइ थियो । उनले अनियमितामा संलग्न जो सुकैलाई कानूनी दायरामा ल्याउनु पर्नेमा जोड दिए ।

‘जनतामा आशा जगाउन आर्थिक अनियमितताका विषयमा कानूनअनुसार काम गर्न सम्बन्धित निकायलाई स्वतन्त्र छोडिदिनु पर्छ, सुशासन सबैको चासोको विषय भएकाले सबै फाइल विधिपूर्वक खुल्नुपर्छ,’ उनले भने, ‘यसले कोही व्यक्तिलाई गाह्रो पर्ला, कुनै पनि पार्टीलाई गाह्रो पर्दैन, कुनै पनि दलले भ्रष्टाचारका घटनामा संलग्नलाई बचाउन लाग्नु हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट