दुई दलीय प्रणालीमा लैजान नयाँ गठबन्धन बनेको छ- प्रचण्ड-Sutra News

दुई दलीय प्रणालीमा लैजान नयाँ गठबन्धन बनेको छ- प्रचण्ड

शनिबार, १२ साउन २०८१

शनिबार, १२ साउन २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनका नाममा जनताको अधिकार खोस्न खोजिएको बताएका छन् ।



पुष्पलाल स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले संविधानको मूलभूत प्रस्तावनालाई बदलेर जनताको अधिकार खोस्न खोजिएको बताएका हुन् । संसदको दुई ठूला दल मिलेर सरकार बनाउने विषय अस्वभाविक भएको भन्दै उनले अहिले दुई दलीय प्रणालीमा लैजाने उद्देश्यका साथ नयाँ गठबन्धन बनेको उल्लेख गरे ।

प्रचण्डले संविधान संशोधनमा आफूहरुको विरोध नभएको तर संविधान संशोधनका नाममा प्रतिगमनतर्फ लैजाने प्रवृतिको विरोध भएको धारणा राखे । उनले जनताको अधिकार रक्षा गर्नका लागि आवश्यक परे सडकमा जान पनि तयार रहेको बताएका थिए ।

प्रचण्डले नेपालको समाजवादको आधारका लागि कम्युनिष्ट पार्टीको एकताको प्रयास निरन्तर गर्नु पर्ने धारणा राखेका थिए । एमालेभित्र पनि ठूलो देशभक्तहरुको पंक्ति अझै रहेको भन्दै उनले एमालेमा रहेका कम्युनिष्ट क्रान्तिकारीलाई एकताबद्ध गर्नका लागि चिन्तन मनन गर्नु पर्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट