१६ औँ दिन पनि पत्ता लागेन त्रिशूलीमा बेपत्ता बससहित बाँकी यात्रुको अवस्था-Sutra News

१६ औँ दिन पनि पत्ता लागेन त्रिशूलीमा बेपत्ता बससहित बाँकी यात्रुको अवस्था

शनिबार, १२ साउन २०८१

शनिबार, १२ साउन २०८१

काठमाडौं । चितवनको भरतपुर महानगर २९ को सिमलतालमा खसेको दुई बससहित यात्रुको अवस्था अझै अज्ञात रहेको छ । असार २८ गते शुक्रबार बिहान ३ बजे नारायणगढ मुग्लिङ सडक खण्डको सिमलतालमा पहिरोले दुई यात्रुबहाक बस बगाएको थियो ।



सिमलतालमा खसेको पहिरोमा परी काठमाडौंबाट गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौं आउँदै गरेको दुई बससहित ६५ जना नदीमा खसेको थियो । जसमा तीन जनाले ज्यान बचाउन सफल भएका थिए ।

बाँकी ६३ जना यात्रु हराएका थिए । हालसम्म २४ जनाको शव फेला परेकोमा १९ जनाको मात्र सनाखत भएको छ । बससहित बाँकी यात्रुको खोजी गर्न भारतबाट राष्ट्रिय आपदा मोचन बलका १२ जना टोली आएका छन् ।

बस हराएको १६ औँ दिन बितिसक्दा पनि बसको कुनै पत्तो लागेको छैन । बस र यात्रुको खोजीमा सशस्त्र प्रहरी बल र भारतका टोलीले सयुक्त रुपमा खोजी गरी रहेका छन् । भारतबाट आएका टोलीमा सोनार ३ र ४ जना गोताखोर र प्राविधिक छन् ।

भारतबाट आएका टोली ६ दिनसम्म सोनारले खोजी गर्दा केही फेला नपरेपछि चुम्बकको प्रयोग गरेर खोजी सुरु गरिएको छ । तर, बस फेला पर्न नसकेको विपद् व्यवस्थापन तालिम शिक्षालयका एसपी जनक पुरीले जानकारी दिए ।

उक्त बसका अझ ३८ जना यात्रु हराइरहेका छन् । सात दिनका लागि आएका भारतीय टोलीको शनिबारदेखि समय सकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट