स्वर्गीय पत्रकार सरोजराज अधिकारीको शब्द रहेको गीत ‘काँचको मुटु’ सार्वजनिक-Sutra News

स्वर्गीय पत्रकार सरोजराज अधिकारीको शब्द रहेको गीत ‘काँचको मुटु’ सार्वजनिक

शनिबार, १२ साउन २०८१

शनिबार, १२ साउन २०८१

काठमाडौं । राम कार्कीको स्वरमा रहेको आधुनिक गीत ‘काँचको मुटु’ सार्वजनिक भएको छ । उनकै संगीत र संगीत संयोजनमा गीत सर्वाजनिक भएको हो ।



गीतकार तथा पत्रकार सरोजराज अधिकारीको शब्द रचना रहेको गीत मधुशाला म्युजिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो । गीत आँखाले हेर्ने भन्दा मनले सुन्ने खालको रहेको छ ।

पत्रकार अधिकारीको निधन विं.सं. २०७९ कात्तिक २४ गते भएको थियो । कान्तिपुर दैनिक, नयाँ पत्रिका, नेपाल लाइभ जस्ता मिडियामा काम गरेका अधिकारीको धम्बोजी, नोरा जासुसीको जालो र चक्रव्यूहमा चन्द्र सूर्य किताब बजारमा छन् ।
निधन हुनुपूर्व उनले सहकर्मीलाई यो गीत कुनै गायकलाई उपलब्ध गराइदिन आग्रह गरेका थिए ।

शब्द संगीत र स्वरको तालमेलसँगै यो गीत नेपाली संगीतमा कालजयी हुने अपेक्षा गरिएको छ । म्युजिक भिडियोमा कलाकार ज्योति खड्का र स्वयं राम कार्कीको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट