सौर्य एयरको विमान दुर्घटना- १७ जनाको शव आफन्तले बुझे-Sutra News

सौर्य एयरको विमान दुर्घटना- १७ जनाको शव आफन्तले बुझे

शनिबार, १२ साउन २०८१

शनिबार, १२ साउन २०८१

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएका १७ जनाको शव आफन्तले बुझेका छन् । नेपाल प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु भएका १८ जनामध्ये शनिबार साँझसम्म १७ जनाका आफन्तले शव बुझेका हुन् ।



एक विदेशी नागरिकको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेको छ । सौर्य एयरलाइन्समै कार्यरत यमनी नागरिक आरिफ रेडाको शवको अस्पतालमा राखिएको हो । गत बुधबार त्रिभुवन विमानस्थलबाट पोखरातर्फ उडेको सौर्य एयरलाइन्सको दुर्घटनामा परेको थियो ।

जहाजमा सवार १९ मध्ये विमान चालक मनिषरत्न शाक्यबाहेक सबैको ज्यान गएको थियो । विमान चालक शाक्यको अहिले सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट