आज मिथुन, सिंह र बृश्चिक राशीको दिन शुभ, तपाईंको दिन कस्तो ?-Sutra News

आज मिथुन, सिंह र बृश्चिक राशीको दिन शुभ, तपाईंको दिन कस्तो ?

आइतबार, १३ साउन २०८१

आइतबार, १३ साउन २०८१

आज मिति २०८१ साउन १३ गते आइतबार । सन् २०२४ जुलाई २८ तारिख । नेपाल सम्बत ११४४ दिल्लागा अष्टमी तिथि । आज बिहान ५ बजेर २५ मा भएको सूर्योदय साँझ ६ बजेर ५५ मिनेटमा सूर्यास्त हुनेछ । अब सुरु गरौँ आजको राशिफलः



मेष

मेहनत खेर नजाने समय छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । व्यवसायका लागि यात्रा हुन सक्छ । दाम्पत्य जीवन सुखद रहने छ । लामो यात्राको प्रक्रिया अघि बढ्ने योग छ । धनबल वृद्धि र मिठो भोजन प्राप्त हुनेछ । आशा उत्साह बढ्ने छ ।

बृष

मिश्रित फलदायी दिन छ । अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा पार्न सक्छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्ने छ । तर, सहयोगीहरूले हात झिक्नाले केही समस्या आइपर्न सक्छ । खर्चको योग छ । स्वास्थ्य पनि त्यत्ति सवल नरहला । कर्मबल भने बढ्ने छ । आफन्तजनको सहयोग रहला ।

मिथुन

भाग्यबल बढ्ने छ । उत्साहजनक समाचारले हर्ष बढ्ला । तर लगानी, दौड धुप, श्रम र प्रयत्नको उचित मूल्य प्राप्तिका लागि विशेष मिहेनत गर्नु पर्नेछ । रसरागको भाव वृद्धि होला । मित्रजनले साथ दिनाले आत्मविश्वास बढ्ने छ । मान महत्व र सुखशान्ति प्राप्त हुने योग छ ।

कर्कट

जोखिम बढे पनि सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । आश मारेको काम बन्नाले उत्साह जाग्ने छ भने आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिने छ । दीर्घ कालीन रूपमा फाइदा हुने काममा हात हाल्नु उचित होला । मिठो भोजन प्राप्त हुनेछ । खेलकुद, भ्रमण आदिमा आकर्षण रहने छ ।

सिंह

दिन शुभदायी छ । तार्किक क्षमता बढ्ने छ । धार्मिक अनुष्ठान र मंगलमय काम सम्पादन हुन सक्छन् । व्यवसायमा लाभ होला । विभिन्न अवसरले पछ्याउने छन् भने बोलीको प्रभाव बढ्ने छ । धनलाभको योग छ । दाम्पत्य सुख र आरोग्यता रहला । रसरागमा आकर्षण बढ्ने छ । विजयश्री प्राप्त हुनेछ ।

कन्या

बन्न लागेको काम पनि अचानक बिग्रन सक्छ । विश्वास गरिएका साथीभाइबाटै धोका होला । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । आजको दिन गोपनीयतामा ध्यान दिँदै सचेत रहनु हितकर होला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही चिसोपनो अनुभूति हुनेछ ।

तुला

दिन शुभदायी छ । कीर्तिमानी काम सम्पादन हुन सक्छ । विभिन्न अवसरले पछ्याउलान् । तर, नयाँ कामको सुरुवात खासै राम्रो छैन, ध्यान राख्नुहोला । पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिने छन् । प्रेमभाव तथा रसरागमा आकर्षण बढ्ने छ । व्यस्ततामा दिन बित्ला ।

बृश्चिक

व्यस्तता वृद्धि हुनेछ । सामाजिक काममा रुचि बढ्ला । तपाईंको कामबाट धेरैलाई फाइदा पुग्न सक्ने समय छ । सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहला । पढाई लेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिने छ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा रुचि बढ्ने छ । शुभ समाचार प्राप्त हुने योग छ । समयले साथ दिनेछ ।

धनु

विशेष योजनाहरू बन्ने छन् भने एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । विद्यार्थी वर्गमा पर्नु हुन्छ भने पढाइमा प्रगति हुनेछ । आत्मीयजनसँग भेटघाट होला । साजसज्जा, बाग बगैँचासम्बन्धी काममा मन आकर्षित होला । मिठो भोजनको योग पनि छ । रसरागको भाव वृद्धि होला ।

मकर

समय खासै शुभदायी नभएकोले नयाँ काममा हात हाल्न केही समय पर्खंनु उचित होला । गर्दै आएको कामलाई निरन्तरता दिन सकिने छ । पीडा दिनेहरु सक्रिय रहन सक्छन्, सावधानीका साथ व्यवहार गर्नुहोला । केही कामका अवसर फुत्कने सम्भावना देखिन्छ । आफन्तको सहयोग प्राप्त हुनेछ ।

कुम्भ

समय शुभदायी छ । पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिने छ । लगनशीलताले राम्रै उपलब्धि दिलाउला । आकर्षक बोली र व्यवहारको माध्यमबाट अवसर हातपार्न सकिने छ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिने छ । आरोग्यता बढ्ने छ । आनन्दमा वृद्धि हुनेछ । रसरागमा आकर्षण रहने छ ।

मीन

मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्ने छन् । कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ । प्राकृतिक पर्यावरणमा रमाउने दिन छ । व्यापारमा पनि फाइदै हुनेछ । समग्रमा दिन राम्रै छ । विलासी कर्ममा आकर्षण बढ्ने छ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट