सेयर बजारमा दोस्रो सर्किट, २७०० को बिन्दु नजिक पुग्यो बजार-Sutra News

सेयर बजारमा दोस्रो सर्किट, २७०० को बिन्दु नजिक पुग्यो बजार

आइतबार, १३ साउन २०८१

आइतबार, १३ साउन २०८१

काठमाडौं । मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ ।



बजार खुलेको १ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लाग्दा कारोबार २० मिनेट स्थगित भएको थियो । २० मिनेटपछि खुलेको बजारमा पुनः कारोबार भएको १ मिनेटमै १ प्रतिशत बिन्दु अर्थात् ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको हो ।

दोस्रो सर्किट ब्रेक लाग्दा १२९.०७ अंकले बढ्दै बजार २६९७.२१ को बिन्दुमा उक्लिएको छ । दोस्रो सर्किट ब्रेकसँगै बजार ४० मिनेटका लागि बन्द भएको छ ।

मौद्रिक नीतिमा सेयर बजार अनुकुल नीतिहरु ल्याइएसँगै लगानीकर्ता उत्साहित भएका हुन् । विशेषगरी संस्थागत लगानीकर्ताको लागि सेयर धितोमा लिन पाउने कर्जाको सीमा (२० करोड) हटाइएसँगै ठूला तथा संस्थागत लगानीकर्ता उत्साहित देखिएका छन् । जसको प्रभाव बजारमा परेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट