काठमाडाैं । स्थानीय बजारमा सुनचाँदीको मूल्य फेरि बढेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारकाे तुलनामा सुनकाे मूल्य प्रतितोला रु एक हजारले वृद्धि भएको छ । मूल्य बढेसँगै आइतबार छापावाला सुनकाे मूल्य प्रतिताेला एक लाख ४५ हजार सात सय रूपैयाँ र तेजाबी सुनकाे मूल्य एक लाख ४५ हजार रूपैयाँ पुगेकाे छ ।
यसअघि शुक्रबार छापावाला सुनकाे मूल्य प्रतितोला रु एक लाख ४४ हजार रूपैयाँ र तेजाबी सुनकाे मूल्य एक लाख ४४ हजार सात सयमा रूपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे मूल्य बढेसँगै स्थानीय बजारमा आज चाँदीकाे मूल्य पनि बढेकाे छ । महासंघका अनुसार शुक्रबारकाे तुलनामा चाँदीको मूल्य आज तोलामा १० रूपैयाँले वृद्धि भएको छ ।
शुक्रबार प्रतितोला एक हजार सात सय ३० रूपैयाँमा कारोबार भएको चाँदी आजका लागि एक हजार सात सय ४० रूपैयाँ निर्धारण भएको छ ।