रास्वपाको कारबाही अवैध भन्दै आयोग पुगे मुकुल, महामन्त्री आफू नै भएको दाबी-Sutra News

रास्वपाको कारबाही अवैध भन्दै आयोग पुगे मुकुल, महामन्त्री आफू नै भएको दाबी

पाँच बुँदामा आफूमाथिको कारबाही अवैध भएको तर्क

आइतबार, १३ साउन २०८१

आइतबार, १३ साउन २०८१

काठमाडौं । आफूमाथिको कारबाही अवैधानिक भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा. मुलुक ढकालले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।



गत असार २५ मा बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले पार्टी महामन्त्री र केन्द्रीय समिति सदस्यको जिम्मेवारी खोस्ने निर्णय गरेको थियो । ढकालले उक्त निर्णय अवैधानिक भएको बताएका छन् ।

आइतबार निर्वाचन आयोगलाई पत्र लेख्दै ढकालले पदमुक्त गरिएकोबारे आफूलाई जानकारी नभएको भन्दै उनले यदि त्यस्तो कुनै पत्र आएमा अवैधानिक ठहर गर्दै अद्यावधिक नगर्न पनि आग्रह गरेका छन् । राजनीतिक दलसम्बन्धी ऐनको दफा १८ (२), रास्वपाको विधानको व्यवस्था, संविधानको धारा २६९ (४), राजनीतिक दलसम्बन्धी ऐनअनुसार आफूमाथिको कारबाही अवैधानिक भएको दाबी ढकालको छ ।

‘राजनीतिक दल सम्बन्धी ऐनको दफा १८ को उपदफा (२) बमोजिम मलाई सफाइ पेस गर्ने मानसिव मौका दिइएको छैन । नेपालको संविधानले नेपाललाई लोकतान्त्रिक मुलुकको रूपमा व्याख्या गरेको र सफाइको मौका दिनपर्ने विश्वव्यापि लोकतान्त्रिक मूल्य मान्यता रहेको, राजनीतिक दल सम्बन्धी ऐन २०७३ ले पनि सो व्यवस्था गरेकाले सफाइको मौका नदिइ गरिएको कुनै पनि कारवाही अवैधानिक ठहर्छ,’ ढकालले भनेका छन् ।

आफू महामन्त्रीकै पदमा बहाल रहेको जिकिर गर्दै ढकालले आफ्नो उपस्थितिबिना बसिएको कुनै पनि बैठक अवैधानिक हुने पनि पत्रमा उल्लेख गरेका छन् । “मैले कुनै पनि केन्द्रीय समिति सदस्य वा पदाधिकारीलाई बैठक सञ्चालनको अनुमति नदिएकाले मेरो अनुमति वा उपस्थिति बिना बसिएको पार्टीको कुनै पनि बैठक अवैधानिक हुनेछ”, उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट