काठमाडौं । फिल्म ‘ह्रस्व दीर्घ’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।
आगामी असोज ३ गते अर्थात् संविधान दिवसको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको फिल्मको आइतबार नयाँ पोस्टर सार्वजनिक गरिएको हो ।
फिल्मको सार्वजनिक पोस्टरमा अभिनेता हरिहर अधिकारी, कवीर सिंह दुहान, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकारलाई फिचर्ड गरिएको छ । जहाँ हरिहरलाई एंग्री योङ्गम्यानको रुपमा प्रस्तुत गरिएको छ ।
चन्द्र पन्तको डेव्यु निर्देशकिय फिल्ममा नीता ढुंगाना, ब्रह्मानन्दम, अली, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्मको पोस्टरले दर्शकलाई उत्साहीत बनाउने विश्वास निर्देशक पन्तको रहेको छ । नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा रिलिज हुने यो फिल्मको केही दिनमा टिजर सार्वजनिक गर्ने तयारी निर्माण टिमको छ ।
नीता फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । फिल्ममा अभिनेता हरिहरको कथा र प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको छ ।
यो फिल्मलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । विजय वस्यालले पोस्टर डिजाइन गरेको फिल्मलाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।