विश्वभर छरिएका नेपाली दर्शकहरूमाझ ‘बुलाकी’ पुर्‍याउन निर्माताको अपिल-Sutra News

विश्वभर छरिएका नेपाली दर्शकहरूमाझ ‘बुलाकी’ पुर्‍याउन निर्माताको अपिल

आइतबार, १३ साउन २०८१

आइतबार, १३ साउन २०८१

काठमाडौं । साउनको ३२ गतेबाट फिल्म ‘बुलाकी’ पुनः प्रदर्शनमा आउने तयारीमा रहेको छ ।



यो फिल्मको निर्माणपक्ष यति बेला विभिन्न संघ संस्थासँग सहयोगको अपिल गरिरहेको छ । नेपाली समाजको वास्तविक एवम् मौलिक कथा उठान गरेको फिल्मको प्रदर्शनमा सहजता खोज्दै फिल्म सम्बद्ध विभिन्न सङ्घसंस्थालाई ज्ञापन पत्र बुझाउँदै सहयोगको अपिल गरिएको हो ।

फिल्मका निर्माता तथा कलाकार बिराज विष्टले चलचित्र विकास बोर्ड, चलचित्र निर्माता संघ, चलचित्र संघ लगायतका सङ्घसंस्थाको कार्यालयमा पुगेर सहयोगको आह्वान गरेका हुन् ।

विष्टले पुनः रिलिज हुन लागेको यो फिल्मले मौलिक कथा उठान गरेको र विश्वभर छरिएका नेपाली दर्शकहरूमाझ पुर्‍याउन सहयोगको अपिल गरिरहेका छन् ।

उनले २०८० सालको पहिलो दिन फिल्म प्रदर्शनमा ल्याइए पनि विभिन्न कारणले प्रदर्शनको दोस्रो दिन फिल्मको प्रदर्शन रोक्नु परेको भन्दै देशको परिवेश र यथार्थता बोकेको फिल्म हेर्नका लागि नजिकको फिल्म घरमा पुगेर आफ्नो टिमको प्रयासमा हातेमालो गर्न सम्पूर्ण नेपाली दर्शकलाई आह्वान समेत गरेका छन् ।

यो फिल्मले पश्चिम नेपालमा विद्यमान जारी प्रथाको कथा भन्छ । यो फिल्मले विभिन्न अवार्ड समेत प्राप्त गरिसकेको छ । छत्रेश्वरी म्यानेजमेन्ट प्रालीको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतिकर्ता स्वर्गीय मोती विष्ट हुन् ।

लक्ष्मण सुनार निर्देशित फिल्ममा सुरक्षा पन्त, बिराज विष्ट, नरेन खड्का लगायतको मुख्य अभिनय रहेको छ । फिल्मले कर्णाली भेगको जारी प्रथा कथावस्तुको रूपमा उठाएको छ । फिल्मका निर्माता टोपेन्द्र विष्ट हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट