सहकारीको रकम दुरुपयोगबारे समितिले लियो दलहरूको सुझाव-Sutra News

सहकारीको रकम दुरुपयोगबारे समितिले लियो दलहरूको सुझाव

आइतबार, १३ साउन २०८१

आइतबार, १३ साउन २०८१

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानविन विशेष समितिले सहकारी क्षेत्रका विषयमा विभिन्न राजनीतिक दलहरुसँग सुझाव लिएको छ । सिंहदरबारमा आइतबार बसेको समिति बैठकमा एमालेसहित अन्य दलले सहकारीका विषयमा सुझाव दिएका हुन् ।



बैठकमा एमालेको सहकारी विभागले लिखित सुझाव दिएका थिए भने अन्य केही दलले मौखिक तथा लिखित सुझाव दिएको समिति संयोजक सूर्य थापाले जानकारी दिए । उनले सबैको सुझावका आधारमा सहकारी संस्था बचत रकम दुरुपयोगका सम्बन्धमा अध्ययन गर्न सहज हुने बताए ।

यस्तै, आइतबार समितिले चाटर्ड एकाउन्टेन्ट सम्बन्धी संस्थाका प्रतिनिधिहरुसँग छलफल गरेको थियो । यस क्रममा सहकारी क्षेत्रको लेखा परीक्षणका क्रममा देखिएका तथ्यहरुका बारेमा जानकारी लिएको उनको भनाइ थियो ।

नियमन नभएकाले सहकारीमा बचत दुरुपयोगको अवस्था आएको संयोजक थापाले बताए । सहकारी संस्था बचत रकम दुरुपयोगको छानविनका लागि निरन्तर सरोकारवाला निकायसँग छलफल गर्ने र निष्कर्षमा पुगिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट