काठमाडौं । एशिया महिला कपमा सात पटक उपाधि उचालेको भारतलाई पराजित गर्दै श्रीलंका विजयी भएको छ । हर्षिता समराविक्रमाको उत्कृष्ट प्रदर्शनसँगै श्रीलंकाले उपाधि जितेको छ ।
पहिलोपटक उपाधि जित्ने क्रममा श्रीलंकाले भारतलाई ८ विकेटले हराएको हो । भारतले दिएको १६६ रनको लक्ष्य श्रीलंकाले १८.४ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गरेको हो ।
जितका लागि हर्षिताले अविजित ६९ रन बनाइन् । कभिशा भिलहारी ३० रनमा अविजित रहिन् । चमारी अथपट्टुले ६० रन बनाइन । भारतका लागि एक मात्र विकेट दीप्ती शर्माले लिइन ।
भारतका लागि स्मिथि मण्डनाले सर्वाधिक ६० रन बनाइन । यस्तै रिचा भोस्सेले ३० रन बनाएकी थिइन् ।