साउन महिनाको दोस्रो सोमबार तपाईंको दिन कस्तो, राशिफलमा के छ ?-Sutra News

साउन महिनाको दोस्रो सोमबार तपाईंको दिन कस्तो, राशिफलमा के छ ?

सोमबार, १४ साउन २०८१

सोमबार, १४ साउन २०८१

आज मिति २०८१ साउन १४ गते सोमबार । सन् २०२४ जुलाई २९ तारिख । नेपाल सम्बत ११४४ दिल्लागा नवमी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर २५ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५४ मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

आयआर्जनका स्रोत बढ्ने समय छ भने दैनिक काममा पनि राम्रै फाइदा हुनेछ । विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्ला । शुभचिन्ताहतले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् । चिताएको काम बन्नाले प्रसन्नता मिल्नेछ । सन्तान पक्षबाट सहयोग र सुख मिल्ने योग छ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

बृष

शुभता बढ्नेछ । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने दिन छ । परिवारजनको साथले उत्साह जगाउला । नयाँ कामको प्रस्ताव आउनेछ भने पहिलेका कमी कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ । धन आर्जन हुने समय छ । प्रतिस्पर्धीहरूले केही सताउन सक्छन्, योजनाहरू गोप्य राख्नु हितकर होला । मिठो भोजन प्राप्त होला । परिवारिक सुख बढ्नेछ ।

मिथुन

अरूका काममा समय खर्चनुपर्ने समय भएपनि आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । जोखिम उठाउन सके अवसरहरू हात पर्ने छन् । स्वास्थ्यको सवलताका लागि खानपानमा विशेष सावधानी अपनाउनुहोला । आजको दिन पढाइलेखाइमा समय दिन नसकिएला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । शत्रुपक्ष परास्त हुनेछ ।

कर्कट

दौडधुप बढ्ने छ । अरूको भरपर्दा धोका मिल्नसक्ने समय हुनाले आफ्नै मेहनतको फल प्राप्त हुनेछ । दिगो फाइदा हुने काममा लगानी गर्ने मौका प्राप्त हुनेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । शुभचिन्तकहरूको सुझावलाई कदर गर्नु बुद्धिमत्ता ठहरिने छ । स्थायी सम्पत्तिमा विवाद आउन सक्ने योग छ, सचेत रहनुहोला ।

सिंह

विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्ला । आयआर्जन राम्रै हुने देखिन्छ । सुखदुःखमा साथ दिनेहरू भेटिने छन् । तर काममा अरूको मात्र भर पर्नाले महत्वाकांक्षा पूरा नहुन सक्छ । खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्ने छ ।

कन्या

भौतिक वस्तु तथा धनलाभ हुने समय छ । गरिएका कामको राम्रै मूल्यांकन होला । लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउने छ । व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । समस्याको समाधान मिल्ने छ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला

छरछिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारी साथ काम लिनुहोला । वादविवादमा परिने योग छ, बोली र व्यवहारमा संयमता अपनाउनु उत्तम हुनेछ । आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । अर्थ अभाव खट्किन सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु परे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिने छ ।

बृश्चिक

पराक्रम वृद्धि हुनेछ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । तथापि, चुनौतीहरू पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिने छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्, ध्यान राख्नुहोला । अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्छन् । समयमा हिम्मत गर्न नसक्दा पछि परिने योग छ, सचेत रही व्यवहार गर्नु हितकर हुनेछ ।

धनु

परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिने छ । गोपनीयतामा विशेष ध्यान राख्नु पर्ने समय छ । बेलैमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्छन् । तथापि, मेहनत गर्दा अन्ततः कर्मफल प्राप्त हुने योग छ । आरोग्यता रहने छ । रसरागात्मक कार्यमा आकर्षण बढ्ने छ ।

मकर

रमाइलो जमघटले आनन्द दिलाउने छ । स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त हुनेछ । अधिकारका लागि केही संघर्ष हुन सक्छ । फजुल खर्च पनि बढ्ने योग छ । विछोडिएका आफन्तसँग भेटघाट हुनुका साथै मान–सम्मान मिल्ने सम्भावना छ । मेहनतले विशेष उपलब्धि दिलाउला । नियम कानूनले साथ दिनेछ ।

कुम्भ

केही बाध्यतापूर्ण काममा जुट्नुपर्ने समय छ । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन् । स्वास्थ्य सामान्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन तथा आइपरेका समस्या सुल्झाउन सकिने छ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन

कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । तर, बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिने छ । सामाजिक उत्तरदायित्व वहन गर्दै पछि फाइदा हुने काम हात पार्ने मौका मिल्न सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्ने छन् तर चुनौती चिर्ने सफलता मिल्ला । खर्च चाहिँ केही बढ्न सक्ने समय छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट