आज देशभर वर्षा हुने, केही प्रदेशमा भारी वर्षाको सम्भावना-Sutra News

आज देशभर वर्षा हुने, केही प्रदेशमा भारी वर्षाको सम्भावना

सोमबार, १४ साउन २०८१

सोमबार, १४ साउन २०८१

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । हाल देशभर साधारणतया बदली हुँदा बागमती र गण्डकी प्रदेशका थोरै स्थान कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।



सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राति देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट