संक्रमणकालीन न्यायसम्बन्धि कार्यदलको बैठक बस्दै-Sutra News

संक्रमणकालीन न्यायसम्बन्धि कार्यदलको बैठक बस्दै

सोमबार, १४ साउन २०८१

सोमबार, १४ साउन २०८१

काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धित गठित कार्यदलको बैठक शुरु भएको छ । बैठक सिंहदरबारस्थित गृह मन्त्रालयमा शुरु भएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।



यसअघि शुक्रबार बसेको कार्यदलको बैठकले संक्रमणकालीन न्यायसम्बन्धि विधेयकमाथि रहेका असहमतिमा सैद्धान्तिक सहमति भएको बताइएको छ । कार्यदलमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्यसचेतक बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव शर्मा सहभागी रहेका छन् ।

संक्रमणकालीन न्यायसम्बन्धि विधेयकमाथि सैद्धान्तिक सहमति जुटाएको र सरोकारवालासँग छलफल गरेपाछि आज अन्तिम रुप दिन बैठक बस्न लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट