स्वस्थ रहन सधैं चिनी र नुन कम खाने सल्लाह दिइन्छ। धेरैमा चिनी धेरै खाँदा मधुमेह र मोटोपना हुन्छ भन्ने बुझाइ छ । तर, चिनीले धेरै गम्भीर र घातक रोगहरू पनि निम्त्याउन सक्छ भन्ने कुरा धेरै कमलाई थाहा छ ।
आजकल रिफाइन्ड चिनीको प्रयोग बढेको छ, जसले शरीरलाई खतरनाक हानि पुर्याइरहेको छ ।
जसका कारण उच्च रक्तचाप जस्ता समस्या पनि बढ्दै गएका छन् । चिनी खाँदा क्यान्सर समेत हुनसक्ने बताइएको छ ।
यो कुरामा कति सत्यता छ थाहा पाउनुहोस्…
चिनी खाँदा क्यान्सरको खतरा बढ्छ ?
चिनीलाई ‘मिठो विष’ पनि भनिन्छ । यसको अत्याधिक सेवनले मधुमेह, रक्तचाप र मुटुसम्बन्धी रोगको जोखिम बढाउँछ । चिनीले शरीरको तौल पनि बढाउँछ । जसका कारण शरीरलाई धेरै रोग लाग्न सक्छ ।
वास्तवमा, चिनी एक प्रकारको प्रो-इन्फ्लेमेटरी तत्व हो, जसले शरीरमा इन्सुलिनको स्तर बढाएर क्यान्सर जस्ता गम्भीर रोगको जोखिम बढाउन सक्छ। स्वास्थ्य विज्ञहरूका अनुसार चिनीमा केमिकल र हानिकारक गुण पाइन्छ, जसले शरीरमा क्यान्सर कोशिका बढाउन मद्दत गर्न सक्छ।
धेरै शोध र अध्ययनहरूमा यो पनि पुष्टि भएको छ कि धेरै चिनी खाँदा शरीरमा क्यान्सर र ट्युमरको जोखिम बढ्छ।
चिनीबाट कुन क्यान्सरकाे जाेखिम ?
धेरै चिनीको सेवनले आन्द्राको क्यान्सरको जोखिम बढाउँछ। यसमा पाइने फ्रक्टोज शरीर भित्रै ग्लुकोजमा परिणत हुन्छ । जब फ्रक्टोजको मात्रा बढी हुन्छ, शरीरमा प्रोटिन संश्लेषणको प्रक्रिया बढ्छ। जसका कारण क्यान्सर कोशिकाहरु बढ्ने सम्भावना बढी हुन्छ । जब चिनी शरीरमा पच्छ, पाइरुभिक एसिड ऊर्जाको साथमा निस्कन्छ, जसले क्यान्सर कोशिकाहरूको वृद्धिमा मद्दत गर्दछ।
क्यान्सर कोशिकाहरू अम्लीय वातावरणमा बस्न रुचाउँछन्। यसबाहेक धेरै चिनी खाँदा फोक्सोको क्यान्सर हुने खतरा पनि बढ्छ । यसले फोक्सोमा स्क्वामस कोशिकाहरू बढाउँछ र ट्युमरहरूलाई बढावा दिन्छ।
धेरै चिनी खानुको बेफाइदा
१. क्यान्सरसहित थुप्रै राेगकाे जन्म, साथै डिएनएलाई गम्भीर क्षति पुर्याउँछ।
२. धेरै चिनी खाँदा मधुमेह, मोटोपना र रक्तचापको जोखिम बढ्छ।
नाेट : समाचारमा दिइएको केही जानकारी मिडिया रिपोर्टहरूमा आधारित छ। कुनै पनि सुझाव लागू गर्नु अघि, तपाईंले सम्बन्धित विशेषज्ञसँग परामर्श गर्न हाम्राे अनुराेध छ ।