घरमा शंख राख्नु एकदमै शुभ मानिन्छ । जसबारे वास्तुशास्त्रमा विस्तृत व्याख्या गरिएको छ।
वास्तुशास्त्र अनुसार घरमा शंख राख्नु धेरै शुभ मानिन्छ र यो सबै घरमा हुनु पर्छ। तर, यसलाई कहाँ राख्ने र यसका फाइदाहरु के–के छन् ? हामी जानकार हुनु अनिवार्य छ । सही स्थान छनाेट गर्न जानिएन भने जसकाे प्रतिफल अशुभ पनि हुनसक्छ ।
शंख कहाँ राख्ने ?
हिन्दू धर्ममा शंखलाई भगवान विष्णु र माता लक्ष्मीको प्रिय मानिन्छ । दुवै भगवानलाई खुसी पार्न घरमा शंख राख्नुपर्छ ।
वास्तुशास्त्र अनुसार शंखको लागि गृह मन्दिर उत्तम मानिन्छ। मन्दिर सधैँ उत्तर-पूर्व कुनामा हुनुपर्छ। त्यसैले शंख मन्दिरमा राख्नुपर्छ। यदि, सुत्ने काेठामा वा भान्छा काेठामा राखियाे भने यसकाे फल अपेक्षाकृत पाइँदैन ।
यसलाई मन्दिरमा राख्नुका धेरै फाइदाहरू वास्तुशास्त्रमा वर्णन गरिएको छ।
शंख राख्नुको फाइदा
– घरमा शंख राख्नाले आर्थिक अभाव हट्छ र घरमा आशीर्वाद प्राप्त हुन्छ ।
– घरमा शंख राख्नाले लक्ष्मीको आशीर्वाद प्राप्त हुन्छ।
– घरमा शंख भए धनमा वृद्धि हुन्छ र धन सम्वन्धी समस्या समाधान हुन्छ ।
– घरमा शंख राख्नाले घरभित्रको नकारात्मकता बाहिर जान्छ र सकारात्मकता आउँछ ।