शाखा विस्तारमा आक्रामक प्रभु बैंक, देशभर शाखा संख्या ३०९-Sutra News

शाखा विस्तारमा आक्रामक प्रभु बैंक, देशभर शाखा संख्या ३०९

सोमबार, १४ साउन २०८१

सोमबार, १४ साउन २०८१

काठमाडाैं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने आइतबारदेखि तेह्रथुमको म्याङलुङ नगरपालिका वडा नं. १ मा आफ्नो ३०८ औं र धनकुटा नगरपालिका,वडा नं.७ स्थित हुलाक टोलमा ३०९ औं शाखासञ्चालनमा ल्याएको छ ।



बैंकको म्याङलुङ शाखा र धनकुटा शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

बैंकले नेपालभर ३०९ शाखा, २८६ एटीएम र ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाखभन्दा बढि ग्राहकहरूलाई बैंकिङ्ग एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट