पोखरामा स्कुल बस दुर्घटना : सहचालककाे मृत्यु, ३० जना घाइते-Sutra News

पोखरामा स्कुल बस दुर्घटना : सहचालककाे मृत्यु, ३० जना घाइते

सोमबार, १४ साउन २०८१

सोमबार, १४ साउन २०८१

पोखरा । पोखरामा भएकाे स्कुल बस दुर्घटनामा एक जनाको मृत्यु भएको भने ३० जना घाइते भएका छन्। दुर्घटनामा परी बसकी सहचालक आरती विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।



उनको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हाे ।

दुर्घटनामा २९ विद्यार्थीसहित ३० जना घाइते छन् । उनीहरुको गण्डकी मेडिकल कलेज, मणिपाल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको प्रहरीले जनाएकाे छ ।

प्रहरीले जनाएअनुसार घाइते भएका विद्यार्थीको अवस्था सामान्य छ। उक्त बसमा एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलका विद्यार्थी सवार थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट