फेरि बढ्न थाल्यो सुनको मूल्य-Sutra News

फेरि बढ्न थाल्यो सुनको मूल्य

सोमबार, १४ साउन २०८१

सोमबार, १४ साउन २०८१

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य फेरि बढ्न थालेको छ । नेपाल सुनचाँदी महासंघले जनाएअनुसार पछिल्लो दुई कारोबार दिनमा मात्रै सुनको मूल्य एक हजार चार सय रुपैयाँले बढेको छ ।



शुक्रबारको तुलनामा आइतबार तोलामा एक हजार रुपैयाँले बढेको सुनको मूल्य आज प्रतितोला चार सय रुपैयाँले बढेको महासंघले जनाएको छ । महासंघका अनुसार मूल्य बढेसँगै सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४६ हजार एक सय रुपैयाँ र तेजाबी सुनको मूल्य एक लाख ४५ हजार चार सय रुपैयाँ कायम भएको छ ।

सुनको मूल्यलाई पछ्याउँदै स्थानीय बजारमा चाँदीको मूल्य पनि बढिरहेको छ । महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार प्रतितोला १० रुपैयाँले बढेको चाँदीको मूल्य आइतबारको तुलनामा आज पनि प्रतितोला १० रुपैयाँले बढेको छ ।

मूल्य बढेसँगै सोमबार चाँदी प्रतितोला एक हजार सात सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा भइरहेको मूल्य बृद्धि र स्थानीय बजारमा हुने माग र आपूर्तिको श्रृंखलाले सुनचाँदीको मूल्यलाई प्रभावित बनाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट