पाेखरा दुर्घटना अपडेट : मृतक आरतीकाे ६ वर्षिया छोराकाे पनि मृत्यु-Sutra News

पाेखरा दुर्घटना अपडेट : मृतक आरतीकाे ६ वर्षिया छोराकाे पनि मृत्यु

सोमबार, १४ साउन २०८१

सोमबार, १४ साउन २०८१

पोखरा । पोखरामा भएकाे स्कुल बस दुर्घटनामा मृत्यु भएकी आरती विकका ६ वर्षिय छोरा प्रिन्स विकको पनि मृत्यु भएको छ । विद्यालयको यूकेजीमा अध्ययनरत प्रिन्सको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको कास्की प्रहरीले जनाएकाे छ ।



दुर्घटनामा घाइते आमा-छाेरा दुवैकाे उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हाे ।

एलपी देवकोटा मेमोरियल विद्यालयको ग १ क ६२१९ नं. को स्कुल बस विद्यार्थीसहित दुर्घटनामा परेको थियो । चालकले नियन्त्रण गुमाउँदा बस झन्डै ५० मिटर तल खसेको थियो ।

दुर्घटनामा पर्दा बसमा सवार २८ जना विद्यार्थी घाइते छन् । उनीहरूकाे गण्डकी मेडिकल कलेज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र केहीकाे मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट