सुतिरहेको अवस्थामा घाँटी रेटेर युवकको हत्या, सँगै सुतेका भाइले थाहा पाएनन्-Sutra News

सुतिरहेको अवस्थामा घाँटी रेटेर युवकको हत्या, सँगै सुतेका भाइले थाहा पाएनन्

सोमबार, १४ साउन २०८१

सोमबार, १४ साउन २०८१

काठमाडौं । पश्चिम नवलपरासीमा गएराति सुतिरहेको अवस्थामा युवकको घाँटी रेटी हत्या गरिएको छ । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ५ हर्दीनिवासी उमेश बढईको छोरा वर्ष २० का रोशनकुमार भन्ने सूर्यकुमारको हत्या भएको हो ।



उनलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा धारिलो हतियारले घाँटी काटीको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बिहान ५ बजे परिवारले उनको हत्या भएको देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

मृतकसँगै एउटै कोठामा सुतेका मृतकका भाइ सन्दीपले घटनाबारे थाहा नपाएको प्रहरीलाई बताएका छन् । प्रहरीले हत्या किन र कसले गरेको नखुलेको र घटनाको अनुसन्धान भइरहेको जनाए । मृतकको शव पोस्टमार्टमका लागि पृथ्वी चन्द्र जिल्ला अस्पतालमा राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट