काठमाडौं । नेताहरूको निधन होस् भन्दै कामना गरी धार्मिक अनुष्ठान गर्ने सामाजिक सञ्जालमा चर्चित ज्योतिषी तथा अभियन्ता पुष्कर खतिवडा पक्राउ परेका छन् ।
खतिवडालाई प्रहरीले उनकै निवासबाट पक्राउ गरेको हो । उनले आफ्नै घरमा देशका नेताहरूको निधन हुनु पर्ने भन्दै अनुष्ठान गरेका थिए । प्रहरीले पक्राउ गरेसँगै उनले भने, ‘मलाई प्रहरी वृत्त महाराजगञ्ज लगिएको छ, कामना गरौँ देश बनोस् ।’
उनको अनुष्ठानसम्बन्धि काम आपत्तिजनक भएको भन्दै प्रहरीले पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरेसँगै उनले सामाजिक सञ्जालमा आफू पक्राउ परेको सूचना दिएका हुन् ।
चार दिनअगाडि मात्रै उनले नेताहरूको मृत्युको कामना गर्दै एउटा अनुष्ठान आयोजना गर्ने बताएका थिए । त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना भएलगत्तै उनले भिडियो सर्वाजनिक गर्दै नेताहरूको निधन हुनु पर्ने विवादित अभिव्यक्ति दिएका थिए ।