पीडित महिलाले उजुरी दिएपछि प्रस्तावित आयुक्त प्रधानले नाम फिर्ता लिए-Sutra News

पीडित महिलाले उजुरी दिएपछि प्रस्तावित आयुक्त प्रधानले नाम फिर्ता लिए

सोमबार, १४ साउन २०८१

सोमबार, १४ साउन २०८१

काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन् । उनीबारे निर्णय लिन संघीय संसद्को संसदीय सुनुवाइ समिति बैठक आज ५ बजे बस्दै थियो ।



सोमबार बिहान साढे ११ बजे बस्ने भनिएको बैठक साँझ ५ बजेसम्म सारिएको थियो । बैठकले प्रस्तावित आयुक्त प्रधानलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिने भएको थियो । तर समितिले निर्णय नगर्दै उनले नाम फिर्ता लिएका हुन् ।

प्रधानमाथि महिलालाई यौन शोषण गरेको आरोप छ । पीडित महिलाले समितिमा पुगेर बयान दिएकी थिइन् । उनले उजुरी प्रधानविरुद्ध पनि दिएकी थिइन् । सुनुवाइका क्रममा प्रधानले महिलासँगको विवाद अदालतमा मिलिसकेको दाबी गरेका थिए ।

यौन शोषण जस्तो गम्भीर आरोप लागेको व्यक्तिलाई संवैधानिक आयोगमा नियुक्त गर्न नहुने भन्दै विरोध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट