नेप्सेमा करेक्सन, कारोबार रकम भने तीन वर्षयताकै उच्च-Sutra News

नेप्सेमा करेक्सन, कारोबार रकम भने तीन वर्षयताकै उच्च

सोमबार, १४ साउन २०८१

सोमबार, १४ साउन २०८१

काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमबार) सेयर बजार परिसूचक नेप्सेमा करेक्सन आएको छ । अघिल्लो कारोबार दिन ११३.४२ अंकले बढेको नेप्समा आज २०.४६ अंकले गिरावट आएको हो । २०.४६ अंकले घट्दै नेप्से २६६१.०९ को बिन्दुमा झरेको छ ।



नेप्से घटेपनि कारोबार रकम भने यसदिन उत्साह जगाउने शैलीमा भएको छ । आज ४ करोड ७७ लाख ९० हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १९ अर्ब ६० करोड रुपैयाँको भयो ।

यसअघि २०७८ भदौ ३ मा २० अर्ब ४० करोडको कारोबार भएको थियो । आजको कारोबार त्यसयताकै सर्वाधिक हो ।

यस दिन कारोबारमा आएका २४२ कम्पनीमध्ये १६८ को मूल्य घट्यो । ७० कम्पनीको मूल्यमा सामान्य बृद्धि हुँदा ४ कम्पनीको मूल्य स्थिर रह्यो ।

आज कारोबार रकमका आधारमा सिवम् सिमेन्ट, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेघा बैंक, किनबेच हुँदा कारोबार रकम ६१ करोड १२ लाख रुपैयाँको भयो ।

एकातिर पुराना लगानीकर्ता नाफा बुक गर्न सक्रिय हुनु र अर्कोतर्फ नयाँ लगानीकर्ता भित्रिँदा बजारमा करेक्सन आएको अनुमान विश्लेषकहरुको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट