काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेपाली कांग्रेसकी सांसद कुसुम थापा मगरको एकल उम्मेदवारी दर्ता परेको छ ।
संसदीय समितिअन्तर्गतको उक्त समितिको सभापतिका लागि सांसद थापा मगरको प्रस्तावकमा कांग्रेस सांसद वीरबहादुर बलायर र समर्थकमा एमाले सांसद सूर्यप्रसाद ढकाल रहेका छन् ।
यसअघि समिति सभापति रहेकी डा, आरजु राणा देउवा परराष्ट्रमन्त्री भएपछि कृषि समितिको सभापति पद खाली भएको थियो । एकल रुपमा उम्मेदवारी परेपछि सांसद थापा निर्विरोध सभापति चयन भएकी छन् । कांग्रेसको समानुपातिक सांसद रहेकी उनी महामन्त्री गगन थापानिकट नेतृ हुन् ।