काठमाडौं । काठमाडौं महानगरको महांकाल बस्ने ११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ परेका छन् ।
महांकाल बस्ने तिब्बत घर बताउने ४८ वर्षीय रिन्चो निमा नाम गरेको व्यक्तिलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
रिन्चोले ती बालिकालाई बलात्कार गरेको खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।