शीर्ष नेताको मृत्युको कामना गर्दै पुजा गर्ने ज्योतिषीलाई हिरासतमा राख्न अनुमति-Sutra News

शीर्ष नेताको मृत्युको कामना गर्दै पुजा गर्ने ज्योतिषीलाई हिरासतमा राख्न अनुमति

सोमबार, १४ साउन २०८१

सोमबार, १४ साउन २०८१

काठमाडौं । देशका शीर्ष नेताहरूको मृत्युको कामना गर्दै धार्मिक अनुष्ठान गर्ने सामाजिक सञ्जालका चर्चित ज्योतिषी पुष्कर खतिवडालाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।



काठमाडौं जिल्ला अदालतले विद्युतीय कारोबार कसुरमा उनलाई थुनामा राख्न अनुमति दिएको हो । काठमाडौं प्रहरीले सोमबार बिहान खतिवडालाई महाराजगञ्जस्थित उनकै निवासबाट नियन्त्रणमा लिएको थियो ।

चार दिनअघि नेताहरुको मृत्युको कामना गर्दै अनुष्ठान आयोजना गर्न लागेको बताएका उनले आज उक्त काम गरेका थिए । सोही क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट