आज साउन १५ गते तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?-Sutra News

आज साउन १५ गते तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?

मंगलबार, १५ साउन २०८१

मंगलबार, १५ साउन २०८१

आज मिति २०८१ साउन १५ गते मंगलबार । सन् २०२४ जुलाई २९ तारिख । नेपाल सम्बत ११४४ दिल्लागा दशमी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर २६ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५४ बजे हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

दिन शुभदायी नै छ । सहृदयी साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ । धनार्जन हुने योग पनि छ । रोकिएका काममा पुनः प्रयत्न गर्दा सफलता मिल्नेछ । परिवारजनसँगको सम्पर्कले आनन्द मिल्नेछ भने नयाँ काममा हात हाल्ने अवसर जुट्न सक्छ । शत्रुसित लड्ने क्षमता बढ्ने छ ।

बृष

कर्मबल बढ्ने छ । पछिका लागि फाइदा हुने काम प्रारम्भ गर्न सकिने समय छ । दिगो आम्दानी हुने काम फेलापर्ने योग छ । मन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न उपयुक्त साइत पर्खनु हितकर होला । आज रमणिय यात्राको अवसर जुट्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका मित्रजन भेटिन सक्छन् । परिवारिक सुख बढ्ने छ ।

मिथुन

प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने दिन छ । मित्रहरूको सहयोग जुट्नाले काममा हौसला मिल्नेछ भने आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । तथापि, सामान्य आम्दानी भइरहे पनि अर्थ अभावले सताउन सक्छ । छरछिमेकमा असमझदारी बढ्ने योग रहेकाले सावधानी अपनाउनु होला । बलजफ्ती गर्दा काम बिग्रन सक्छ ।

कर्कट

आजको दिन अप्ठ्यारा कामको बोझ थपिन सक्छ । आश्वासन दिनेले झुक्याउन सक्छ, होसियार रहनुहोला । अरूको विश्वास गर्दा धोका पाइने योग छ । व्यापारमा खास उपलब्धि हासिल गर्न नसकिएला । आफ्ना योजना गोप्य राखेर अघि बढ्नु उचित होला ।

सिंह

प्रतिद्वन्द्वीहरूलाई परास्त गर्न सकिने छ भने रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्ने समय छ । हिम्मत गर्दा विभिन्न अवसर प्राप्त हुने छन् । बोली र व्यवहारको माध्यमले धेरैलाई मन्त्र मुग्ध बनाउन सकिने छ । रोकिएको प्रतिफल प्राप्त हुने योग छ । दाम्पत्यसुख बढ्ने छ । समयले साथ दिनेछ । रसरागमा आकर्षण रहला ।

कन्या

आजको दिन मेहनतले धेरै काम बनाउन सकिने छ । बोलीको प्रभाव रहला । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने छ । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने समय छ । अवसरका लागि केही दौड धुप गर्नु परे पनि रोकिएका कामहरू बिस्तारै सुचारु हुने छन् । आरोग्य बल वृद्धि हुनेछ । उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला

आजको दिन प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्छन्, होसियार रहनुहोला । गोपनीयतामा ध्यान दिनु उचित हुनेछ । आज आफ्ना नातेदारहरुसँग झैझगडा पर्न सक्ने योग छ । आर्थिक समस्या पनि पर्न सक्छ । आज सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । रसरागमा आकर्षण र व्यस्तता बढ्ने समय छ ।

बृश्चिक

लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ, तर इर्ष्या गर्नेहरूबाट आज विशेष सावधान रहनुहोला । योजनाहरू गोप्य राखी अघि बढ्दा प्रतिष्ठा जोगिने छ । तपाईंका विचारले धेरैलाई प्रभावित पार्न सकिने छ । प्रशंसकहरू बढ्ने छन् । गर्दै आएको काममा केही समस्या पर्न सक्ने योग छ । सचेत र धैर्यशाली भइ अघि बढ्नु हितकर हुनेछ । अन्ततः समयले साथ दिनेछ ।

धनु

विभिन्न अवसर प्राप्त हुनाले मन उत्साहित हुनेछ । विभिन्न अवसर प्राप्त हुनुका साथै पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्ने छ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । तथापि, आफन्तजनको विश्वास गर्दा समस्या उत्पन्न हुन सक्छ, सचेत हरनुहोस् ।

मकर

नयाँ काम प्रारम्भ हुने समय छ भने विभिन्न अवसरले पछ्याउने छन् । प्रशंसकहरू बढ्ने छन् । धनार्जनको योग पनि छ । रमाइलो जमघटका बीच विशेष उपहार र स्वादिष्ट खानपानको आनन्द पाइएला । काममा अभिप्रेरित गर्नेहरू भेटिने छन् । धनबल बढ्ने छ । आफन्को सहयोग प्राप्त हुनेछ ।

कुम्भ

विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिने समय छ । नसोचेको ठाउबाट धनमाल आर्जन हुने देखिन्छ । आजको दिन स्वास्थ्यमा चाहिँ विशेष ध्यान दिनु उचित हुनेछ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्ने छ । केही नोक्सानी भए पनि पछिसम्म फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ ।

मीन

आजको दिन आलोचकहरू बढ्ने छन् भने शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । तर, तारिफ योग्य काम सम्पादन हुनाले थप अवसर जुट्न सक्छ । अवसर प्राप्त भए पनि काममा हात हाल्नुअघि सोचविचार गर्नु उचित हुनेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट