पूर्व मन्त्रीको हत्यामा संलग्न दुई जना पक्राउ-Sutra News

पूर्व मन्त्रीको हत्यामा संलग्न दुई जना पक्राउ

मंगलबार, १५ साउन २०८१

मंगलबार, १५ साउन २०८१

काठमाडौं । सर्लाहीको चन्द्रपुर गाउँपालिका १ रतनपुर बस्ने पूर्व भूमि सुधार राज्यमन्त्री ८१ वर्षीय रामचन्द्र राय यादवको हत्यामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।



पक्राउ पर्नेमा कबिलासी नगरपालिका ३ घर भई चन्द्रपुर गाउँपालिका १ रतनपुर बस्ने २५ वर्षीय राम उजैन राय र ४६ वर्षीय वीरेन्द्र राय रहेका छन् ।

पूर्वमन्त्री राय गत साउन ७ गते आफ्नै घर (फार्म हाउस)को सुत्ने कोठामा धारिलो हतियार प्रहारबाट मृत्यु भएको अवस्थामा फेला परेका थिए । केन्द्रीय अनुसन्धान ब्यूरो, मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर समेतबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला अदालत सर्लाहीबाट ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा १० दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट