त्रिभुवन विश्वविद्यालयको सिनेटलाई सम्बोधन गर्दै ओलीले भने- विदेश जाने विद्यार्थीलाई रोक्नु पर्छ-Sutra News

त्रिभुवन विश्वविद्यालयको सिनेटलाई सम्बोधन गर्दै ओलीले भने- विदेश जाने विद्यार्थीलाई रोक्नु पर्छ

मंगलबार, १५ साउन २०८१

मंगलबार, १५ साउन २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च शिक्षाका लागि नेपाली विद्यार्थी विदेशिने क्रमलाई रोक्दै देशमा अवसर सिर्जना गर्नु पर्ने बताएका छन् ।



मंगलबार काठमाडौंमा त्रिभुवन विश्वविद्यालयको सिनेटलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वविद्यालयको पुनः संरचना र पाठ्यक्रममा समयानुकूल परिमार्जन गर्दै विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने वातावरण बनाउनु पर्ने बताए ।

समयको मागअनुसार अध्ययन अध्यापनलाई अनुसन्धानमूलक एवं प्रविधिमैत्री बनाउँदै ठूलो संख्यामा विद्यार्थी विदेशिने क्रमलाई स्वदेशमै केन्द्रित गर्न उनको आग्रह थियो ।

प्रधानमन्त्री ओलीले उचित जनशक्तिका साथै विश्वविद्यालय सेवामा प्रवेश गरिसकेका जनशक्तिलाई क्षमता अभिवृद्धि र अनुसन्धानका अवसर प्रदान गर्दै टिकाइराख्ने विषय अहिलेका ज्वलन्त सवाल भएको उल्लेख गरे ।

बैठकले विभिन्न संकायबाट ६२ औँ ग्रेसलिष्टमा समाविष्ट ७३ हजार ९९५ विद्यार्थीलाई उपाधि प्राप्तिका लागि अनुमति प्रदान गरेको छ । यस्तै, चालु आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट पारित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट