काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विषयमा चिन्ता नगर्न सचेत गराएका छन् । उनले आफू नेतृत्वको सरकार ढलपकसम्म नहुने दाबी गरे ।
‘यो सरकार ढल्ने त के ढलपल पनि हुँदैन,’ मंगलबार सचिवहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले भने । यस क्रममा सत्ता सहकार्य दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले कर्तव्यबोध गरेको दाबी गरे ।
‘यो सरकार मेरो नेतृत्वमा दुई वर्ष चल्ने हो, दुई वर्ष पुग्नुभन्दा एक हप्ताअगाडि राजीनामा गरिसकेको हुन्छु, गर्छ कि गर्दैन भन्ने कुनै दुविधा हुन्न’, उनले थपे, ‘‘यसपछि शेरबहादुर जीको नेतृत्वमा जाने हो ।’