काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रेल र पानी जहाज चलाउने सरकारको स्पष्ट योजना रहेको बताएका छन् ।
सिंहदरबारमा मन्त्रीहरूसहित सचिवहरूलाई राखेर मंगलबार प्रधानमन्त्री ओलीले भने, ‘रेल र पानीजहाज चलाउने हाम्रो योजना छ, रेलका लागि जनताको माग छ, हाम्रो प्राथमिकता यसमा रहने छ ।’
यस्तै, प्रधानमन्त्री ओलीले विकास, समृद्धि र सुशासनका सवालमा सरकारले देखिने गरी काम गर्नु पर्ने बताएका थिए । यस क्रममा उनले सवारी साधन, राहदानी, नागरिकतालगायत सेवा लिने ठाउँमा उभिन नसक्ने ज्येष्ठ नागरिक लाइन लाग्नु दुःखद भएको बताए ।
सचिवहरूलाई निर्देशन दिने क्रममा डेढ घण्टाभन्दा बढी समय बिताएका ओलीले वर्तमान सरकार गठन हुनु पर्ने कारणदेखि सुशासनबारे अर्थ्याएका थिए ।