काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा सांसद कुसुमदेवी थापा निर्वाचित भएकी छन् । मंगलबार बसेको समिति बैठकले सभापतिमा कांग्रेसकी सांसद थापालाई निर्वाचित गरेको हो ।
यसअघि समितिको सभापतिमा थापाको मात्रै उम्मेदवारी परेको थियो । सभापतिमा निर्वाचित भएपछि उनले कृषि क्षेत्रको सुधार र नीतिका निर्माणका लागि ध्यान केन्द्रीत गर्ने बताएकी छन् ।
आरजु देउवा परराष्ट्रमन्त्री भएपछि कृषि समितिको सभापति रिक्त हुन पुगेको थियो ।