सैनिक मूल्य मान्यतालाई अक्षुण्ण राख्न प्रधानसेनापति शर्माको आग्रह-Sutra News

सैनिक मूल्य मान्यतालाई अक्षुण्ण राख्न प्रधानसेनापति शर्माको आग्रह

मंगलबार, १५ साउन २०८१

मंगलबार, १५ साउन २०८१

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मूल्य मान्यतालाई अक्षुण्ण राख्दै भरोसा योग्य र प्रभावकारी सङ्गठनका रुपमा स्थापित नेपाली सेनाले भावी नेतृत्वलाई सहयोग पुर्याउनु पर्ने बताएका छन् ।



तीन वर्षे कार्यकालको उत्तरार्धमा पृतनापतिहरुलाई ‘भर्चुअल’ माध्यममार्फत सम्बोधन गर्दै उनले सेनालाई संविधान र सरकारबाट प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेकामा सकल दर्जालाई समेत धन्यवाद ज्ञापन गरे ।

प्रधानसेनापति शर्माले भने, “व्यक्ति केन्द्रीत आकस्मिक योजनाभन्दा वस्तुगत अन्तरक्रिया, तार्किक बहस र विस्तृत पुष्ट्याइँसहित सामूहिक योजनाले हाम्रा बझाइ र गराइमा प्राथमिकता पाउनु पर्छ ।”

उनले नेपाली सेना सम्पूर्ण नेपाली जनताको आड र भरोसाको धरोहर रहेको तथ्यलाई ध्यान दिइ सदैव राष्ट्रिय सुरक्षा र राष्ट्रहितअनुरुप असरदार कार्य गर्न निर्देशन दिए ।

त्यसअवसरमा प्रधानसेनापतिले मनसुनका कारण देशका विभिन्न स्थानमा गएको बाढी, पहिरोमा सकलदर्जाले पुर्याएको योगदानका लागि धन्यवाद व्यक्त गर्दै उच्च हौसलाका साथ विपद प्रतिकार्यमा लागि रहन सुझाव दिए ।

बलाधिकृत रथी अशोकराज सिग्देल युद्धकार्य विभागका निमित्त विभागीय प्रमुखलगायत रथीबृन्दको उपस्थिति रहेको कार्यक्रममा पृतनापतिले विद्यमान विपद प्रतिकार्यमा फौजको परिचालनलगायत समसामयिक विषयमा प्रस्तुतीकरणमार्फत जानकारी गराएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट