आज देशभर वर्षा हुने, केही स्थानमा भारीको सम्भावना-Sutra News

आज देशभर वर्षा हुने, केही स्थानमा भारीको सम्भावना

बुधबार, १६ साउन २०८१

बुधबार, १६ साउन २०८१

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।



बागमती प्रदेशका थोरै स्थानसहित कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । यी प्रदेशका एक दुई  स्थानमा भारी वर्षा हुनेछ ।

त्यस्तै, आज राति देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट