आठ वर्षमा त्रिशूलीमा ५५ जना बेपत्ता, २१ दुर्घटना-Sutra News

आठ वर्षमा त्रिशूलीमा ५५ जना बेपत्ता, २१ दुर्घटना

बुधबार, १६ साउन २०८१

बुधबार, १६ साउन २०८१

काठमाडौं । नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडक खण्डमा बितेका आठ वर्षमा २१ वटा सवारी साधन त्रिशूली नदीमा खसेर ५५ जना बेपत्ता भएका छन् ।



पूर्व गृहमन्त्री एवं परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेसहित ५५ जना बेपत्ता भएका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आव २०७३ सालदेखि अहिलेसम्म २१ वटा सवारी साधन बेपत्ता भएका हुन् ।

उक्त अवधिमा सो सडक खण्डमा ६६ वटा सवारी साधन दुर्घटना भएका थिए । आव २०७३/७४ देखि आव २०८०/८१ सम्ममा ४० ट्रक, नौ बस, १२ कार, तीन मोटरसाइकल र दुई वटा अन्य सवारी साधन दुर्घटनामा परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट