सेयर कारोबारमा बन्यो नयाँ रेकर्ड-Sutra News

सेयर कारोबारमा बन्यो नयाँ रेकर्ड

बुधबार, १६ साउन २०८१

बुधबार, १६ साउन २०८१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४ अंकले बढेको छ । बुधबार नेप्से ६४.२५ अंकले वृद्धि हुँदा २७६०.९० विन्दुमा पुगेर बन्द भएको हो ।



आज ३३२ कम्पनीको पाँच करोड नौ लाख ६७ हजार ९५१ कित्ता सेयर दुई लाख ३८ हजार २७२ पटक खरिद बिक्री हुँदा २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १६१ बराबरको कारोबार भएको छ । यसअघि अघिल्लो बुल चरणमा ३१ साउन २०७८ मा २१ अर्ब ५३ करोड रुपैयाँ बराबरको रेकर्ड बनेको थियो ।

आज युनाइटेड अजोड इन्सुरेन्स, गोर्खा फाइनान्ससहित ८ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लागेको छ भने सिभिल बैंक डिभेन्चर २०८८ को सबैभन्दा बढी ७.२ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको ८४ करोड ४९ लाख ९४ हजार ३१७ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा भने अपि पावरको १४ लाख ७७ हजार २२९ कित्ता सेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट