राहदानी विभाग पुगेर आरजुले भनिन्- टीकापुर जग्गा र भूटानी शरणार्थी प्रकरणमा लागेको आरोप निराधार-Sutra News

राहदानी विभाग पुगेर आरजुले भनिन्- टीकापुर जग्गा र भूटानी शरणार्थी प्रकरणमा लागेको आरोप निराधार

बुधबार, १६ साउन २०८१

बुधबार, १६ साउन २०८१

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले राहदानी र कन्सुलर विभागको निरीक्षण गरेकी छन् । बुधबार त्रिपुरेश्वरस्थित विभागको कार्यालय पुगेर निरीक्षण गर्दै जानकारी लिएकी थिइन् ।



यस क्रममा उनले सेवाग्राहीसँग कुराकानी गरेकी थिइन् । यस्तै, कर्मचारीले विभागको सेवाका बारेमा जानकारी गराएका थिए । कर्मचारीसँग विभागको सेवा प्रवाहबारे जानकारी लिएपछि उनले सहज रुपमा सेवा प्रवाह गर्न निर्देशन दिइन् ।

यस्तै उनले सरकारमा अनुभवी पार्टीहरू रहेकाले स्टण्ड गर्नु पर्ने आवश्यकता नरहेको बताइन् । उनले जनताको सेवा प्रवाहमा सरकारको ध्यान केन्द्रीत रहेको दाबी गर्दै सेवामा देखिएको समस्या समाधान गर्न आफू प्रतिवद्ध रहेको जानकारी दिएकी थिइन् ।

फरक प्रसंगमा मन्त्री राणाले आफूमाथि टीकापुर जग्गा प्रकरण, भूटानी शरणार्थी प्रकरणलगायतमा लगाइएका आरोपहरु निराधार रहेको दाबी गरिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट