काठमाडौं । सरकारले १८ देशमा नयाँ राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले दुई छिमेकी मुलुक भारत र चीनसहित अमेरिका, बेलायत, अष्ट्रेलियासहित विभिन्न देशमा नयाँ राजदूत सिफारिस गरेको हो ।
राजदूतमा सिफारिस भएकाहरुको संसदीय सुनुवाइबाट नाम अनुमोदन भएसँगै राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
सोही दिन बसेको मन्त्रिपरिषद बैठकले यी देशमा रहेका राजदूतलाई भदौ १५ सम्म आइपुग्ने गरी फिर्ता बोलाएको छ ।