काठमाडौं । देशका विभिन्न स्थानबाट अवैध लागू औषधसहित पाँच जना पक्राउ परेका छन् ।
जसमा मोरङ, बिराटनगर महानगर १७ मटेरूवाबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ५८० मिलिग्रामसहित सुन्दरहरैचा नगरपालिका ३ बस्ने ३२ वर्षीय मनोज कटुवाल र ३२ वर्षीय अम्बिर यक्सो लिम्बुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.९८ प ४६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस्तै, झापा गाउँपालिका १ सालमाराबाट अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २०६ सय मिलिग्रामसहित तीन जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा दमक नगरपालिका १२ बस्ने २६ वर्षीय मनिष थापा, २२ वर्षीय रिकाश बस्नेत र १९ वर्षीय रोमित कट्वाल रहेका छन् । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।