काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय समितिमा रहेका विधेयकको अवस्थाका बारेमा चासो राखेका छन् ।
संसद बिजनेसविहीन भएपछि सभामुख घिमिरेले विभिन्न समितिका सभापतिसँग छलफल गर्दै समितिमा बिचाराधिन रहेका विधेयकहरुको अवस्थाका बारेमा चासो देखाएका हुन् ।
उनले निरन्तर छलफल गरेर विचाराधिन रहेका विधेयकहरुलाई टुङ्गोमा पुर्याउन आग्रह गरेका थिए । छलफलपछि उद्योग समितिका सभापति अब्दुल खानले समितिमा रहेका विधेयकको अवस्थाका बारेमा सभामुखले जिज्ञासा राखे ।
यस्तै, समितिमा रहेका समस्याबारे पनि सभामुखले जानकारी लिएको उनको भनाइ छ । छलफलमा समिति सञ्चालनमा देखिएका समस्या, आर्थिक समस्यालगायतका विषयमा पनि चर्चा भएको उनले बताए ।