तीन अर्ब फिर्ता गर्नु पर्ने सहकारीका प्रमुखसँग समितिले गर्यो छलफल-Sutra News

तीन अर्ब फिर्ता गर्नु पर्ने सहकारीका प्रमुखसँग समितिले गर्यो छलफल

बुधबार, १६ साउन २०८१

बुधबार, १६ साउन २०८१

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सरोकारवाला निकायसँगको छलफललाई जारी राखेको छ । सहकारी संस्था बचत रकम दुरुपयोगको छानविनका लागि निष्कर्षमा पुग्न समितिले छलफललाई निरन्तरता दिएको हो ।



यसै क्रममा समितिले बुधबार ओरेन्टल सहकारीका सुधिर शर्मासँग छलफल गरेको समिति संयोजक सूर्य थापाले जानकारी दिए । १२ वर्षदेखि समस्याग्रस्त रहेको उक्त सहकारीले दुई अर्ब ९४ करोड बचत फिर्ता गर्न बाँकी रहेको उनको भनाइ छ ।

त्यस्तै छलफलका क्रममा शर्माले आफूमाथि हजार बढी मुद्दा परेको र सबैको फेस गरेको बताए । आफूले बचतकर्ताको रकम फिर्ता गर्ने क्रममा रहेको बताउँदै उनले सहकारी सञ्चालनमा देखिएका समस्याका बारेमा जानकारी गराएको समिति संयोजक थापाको भनाइ थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट