आजदेखि पेट्रोलियम पदार्थको मूल्य घट्यो, कुनको मूल्य कति ?-Sutra News

आजदेखि पेट्रोलियम पदार्थको मूल्य घट्यो, कुनको मूल्य कति ?

बिहिबार, १७ साउन २०८१

बिहिबार, १७ साउन २०८१

काठमाडौं । आजदेखि नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको छ । इण्डियन आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेर पठाएसँगै नेपालमा नयाँ मूल्य तय भएको हो ।



इण्डियन आयल कर्पोरेशनले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएर पठाएपछि नेपालमा पनि मूल्य घटेको हो । योसँगै अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६७।५०, दोस्रोमा १६९ र तेस्रोमा १७० रुपैयाँ पर्ने भएको छ ।

त्यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर पहिलो वर्गमा १५५।५०, दोस्रोमा १५७ र तेस्रोमा १५८ रुपैयाँ भएको छ । घटेको मूल्य आजै राति १२ बजेपछि लागू हुने निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट