कुमारीका ग्राहकले डिआइ स्किन हस्पिटल तथा डिआइ डेन्टल केयरमा विशेष छुट पाउने-Sutra News

कुमारीका ग्राहकले डिआइ स्किन हस्पिटल तथा डिआइ डेन्टल केयरमा विशेष छुट पाउने

बिहिबार, १७ साउन २०८१

बिहिबार, १७ साउन २०८१

काठमाडौं । कुमारी बैंक लिमिटेड र गोल्फूटार, काठमाडौं स्थित डिआइ स्किन हस्पिटल प्रा.लि. तथा डिआइ डेन्टल केयर प्रा.लि. बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई हस्पिटलहरूबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।



यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरूले सो डिआइ स्किन हस्पिटल र डिआइ डेन्टल केयरबाट सेवा लिए बापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/ क्रेडिट कार्ड अथवा द्वारा गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको जनाएको छ ।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५१ एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाइहरुमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट